परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूत थम्प्सनको भेट
zeenepal
२०८१ श्रावण ४,
3
Shares
काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत थम्प्सनले मन्त्री राणालाई ऐेटेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई जनाबीचको भेटमा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।