नेपालगन्ज : मृतकका परिवारलाई क्षतिपुर्ती दिन आनाकानी गरिएको भन्दै कोहलपुर- सुर्खेत सडक अवरुद्ध पारिएको छ । मोटरसाइकल चालक बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार दिउँसो सल्लीबजारदेखि काेहलपुर आउने क्रममा हर्रे नजिक बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियोे ।
सडक अवरुद्ध हुँंदा उक्त खण्डमा चल्ने यातायात सेवा ठप्प भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लका अनुसार मृतकका परिवार तथा आफन्तले सुर्खेतको छिन्चु र बाँकेको बानियाभार तथा चिसापानीको च्यामा नजिक सडक अवरुद्द गरेका छन । 'मृतकका परिवारले पाँच लाख भन्दा बढी क्षतिपुर्ती मागेका छन, गाडी धनीले पाँच लाख भन्दा बढी दिन नसक्ने अडान लिएका कारण सहमति हुन नसकेको हो,' उनलेे भने ।
मृतकका परिवारलाई क्षतिपुर्ती दिने विषयमा गाडी धनीसंग छिन्चुमा छलफल कुरा नमिलेपछि सडक अवरुद्ध गर्नु परेको आफन्तले बताएका छन । चेतना सामाजिक उद्यमी सहकारी सस्था लि.सेवा केन्द्रको प्रबन्धक समेत रहेका ठकुरीलाई बसले ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रीत भएर सडक छेउमा पल्टिएका थिए ।
त्यसपछि बसकाे पछाडीको टायरले किचेकाे थियोे । क्षतिपुर्तीका विषयमा सहमति नहुँदा आफन्तले शव बुझेका छैनन् । ठकुरीकाे शव सुर्खेतस्थित मेहेलकुना अस्पतालमा राखिएको बताइएको छ ।
ADVERTISEMENT