काठमाडौं पुस।नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सरकारमा सहभागी नहुने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक चौधरीले सरकारमा नजाने बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको निर्णय अनुसार हामीले निर्णय लिनेछौ । हाम्रो माग मुद्दा सम्बोधन भएको अवस्थामा सहयोग गर्ने कुरा रहन्छ । तर सम्बोधन नभए हामी जाने कुरै आउँदैन ।’ हाल सरकार गठनकै प्रक्रिया चलिरहेको बताउँदै उनले कुनै पनि गठबन्धनसँग छलफल नभएकोले तत्काल सरकारमा जाने सम्भावना समेत रहेको उनको भनाइ छ ।