नेपालगञ्ज पोष । खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता भन्ने मूल नारा सहित आज मिति २०७९ पौष १६ गते शनिवारको दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंको आयोजना र फुड न्युट्रासिउटिकल कस्मासिउटिकल आसोसियसन अफ नेपालFANCAN को सहकार्यमा जिल्ला बाँके, नेपालगंजमा एक दिने आहारपुरक खाद्य पदार्थ नियमन सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्री शिब प्रसाद भण्डारीफे कार्यक्रम संचालन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका निमित्त कार्यालय प्रमुख श्री अमित भूषण सुमनको सभापतित्वमा सम्पन्न कार्यक्रममा, अथितिहरुमा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा आहारपुरक खाद्य पदार्थ नियमन महशाखा प्रमुख श्री सुमन धिताल, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख श्री सन्तोष दाहाल FANCAN नेपालगंज अध्यक्ष विजेन्द्र सिंह ठकुरी FANCAN लुम्बिनी प्रदेस सचिव लवराज श्रेष्ठ, पत्रकार महासंघ जिल्ला बाँकेका सचिव श्री कमल डाँगी, पत्रकार महासंघ जिल्ला बाँकेका पूर्व सभापति श्री रुद्र सुवेदी, जी नेपाल टेलिभिजनका कार्यकारी निर्देशक श्री आशिष गुप्ता, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला बाँकेका अध्यक्ष श्री बगतसिंह थारु, राससका पत्रकार श्री युवराज पाण्डे हुनु हुन्थ्यो ।कार्यक्रममा FANCAN सदस्यहरु, स्थानिय व्यापारी, भन्सार एजेन्ट तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँके तथा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय,नेपालगंजका कर्मचारीहरु सहित करिब ६० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका खाद्य निरिक्षक श्री एकराज बुढाथोकीले गर्नुभएको थियो, भने कार्यक्रमको औपचारिक उद्घाटन सभाध्यक्ष श्री अमित भूषण सुमनले कार्यक्रम व्यानर वाचन गरेर गर्नुभयो।
कार्यक्रमको पहिलो कार्यपत्र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा आहारपुरक खाद्य पदार्थ नियमन महशाखा प्रमुख श्री सुमन धितालले आहारपुरक खाद्य पदार्थको नियमन विषयमा प्रस्तुत गर्नुभयो।उहाँले आहारपुरक खाद्य पदार्थ बारे नेपालको इतिहास, वर्तमानमा नियमनको अवस्था बारे, आहारपुरक खाद्य पदार्थ र औषधी विचको फरक, आहारपुरक खाद्य पदार्थ नेपालमा आयात गर्न वा उत्पादन गर्न पूरागर्नुपर्ने मापदण्ड, अन्तराष्ट्रिय रुपमा आहारपुरक खाद्य पदार्थ नियमनको अवस्था आदिको जानकारी प्रभावकारी रुपमा पावरपोइन्ट प्रस्तुति मार्फत दिनुभयो। कार्यक्रमको दोश्रो कार्यपत्र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख श्री सन्तोष दाहालले ल्भउब िल्बतष्यलब िक्ष्लनभि ध्ष्लमयध क्थकतझ (ल्ल्क्ध्) को प्रयोग गरि आयात निर्यात गर्ने बारेमा प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा उपस्थित आहारपुरक खाद्य पदार्थ बिक्रेता, आयातकर्ताहरूले बिभाग÷कार्यालयहरूले अनुगमनमा जोड दिने तथा अन्य सरोकारवालाहरूलाइ पनि यस प्रकारका कार्यक्रममा सहभागीता गराउने आवश्यकता औल्याए र पत्रकार महासंघ जिल्ला सचिव श्री कमल डांगी तथा पत्रकार महासंघका पुर्व अध्यक्ष श्री रुद्र सुवेदी ले उपभोक्ता सचेतनामा पत्रकारहरूको सकारात्मक सहयोग रहने बताउनु भयो ।
ADVERTISEMENT