ADVERTISEMENT

नेपालगन्ज : नेपालमा सन् २०२२ मा देशका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मानव अधिकार उल्लंघन भएको छ ।इन्सेकले आइतबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३’ मा देशभरको मानव अधिकार उल्लंघनको घटनामध्ये एक तिहाइ लुम्बिनी प्रदेशमा मात्र छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले आइतबार नेपालगन्जमा पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा देशभर ७ हजार ३७६ मानव अधिकार उल्लंघन भएकोमा लुम्बिनी प्रदेशमा मात्र २ हजार १८ उल्लंघनका घटना भएको जानकारी दिए । जुन कूल घटनाको २७.३५ प्रतिशत हो ।


