
मन्त्री शर्माले अगाडि लेखेकी छन्, ‘प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउनेजस्ता प्रावधान मौलिक हकमै समेटिएको छ ।’ यसका साथै शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीलगायतका मौलिक हकको कार्यान्वयनबाट पनि श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गर्दै मन्त्री शर्माले मौलिक हकलाई पूर्ण कार्यान्वयनमा ल्याउँदै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्र अवलम्बन गरेर पूँजी र श्रमको उचित संयोजनमार्फत समृद्धि हालिस गर्ने संभावना फराकिलो बन्दै बताइन्।
सामाजिक न्यायसहितको समृद्धिबाट नै नेपालमा मजदूर किसानसहित आम श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन संभव भएको उल्लेख गर्दै उनले राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन प्रण गर्नुपर्ने बेला आएको स्मरण गराइन् । उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यो दिवसलाई श्रमजीवी वर्गको उल्लासमय पर्वको रुपमा मनाउन आह्वान गरिन् ।