मधेश सरकारले निरन्तरता पाउँछ, जनमतको विषयमा सोच्नु पर्छ : उपेन्द्र यादव
zeenepal
२०८० बैशाख २९,
9
Shares
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने बताएका छन् ।शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए ।पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ ।
यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै हुन्छ । कुराकानी भइरहेको छ,’ उनले भने ।जनमत पार्टीलाई मधेश सरकारबाट हटाउने वा निरन्तरता दिने भन्ने जिज्ञासामा उनले त्यसको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताए ।