मध्यपश्चिम विश्वविद्यालयलाई सम्बन्धन र पदपूर्ति स्थगन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
zeenepal
२०८० बैशाख २९,
6
Shares
वीरेन्द्रनगर — मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले अघि बढाएका सम्बन्धन र पदपूर्तिका काम रोक्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।विश्वविद्यालयबाट भएका सम्बन्धन, पदपूर्ति सम्बन्धी विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि रोक्न निर्देशन आएको हो ।
प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई विभिन्न विषयमा प्रतिवेदन तयार गरी १५ दिनभित्र पेश गर्न पनि भनेको छ। मध्यपश्चिम विश्वविद्यालयले २०७९ चैत २९ गतेदेखि सम्बन्धन लिन चाहने सामुदायिक तथा निजी कलेजहरुका लागि दरखास्त माग गरेको थियो।विश्वविद्यालयको उक्त निर्णय अमान्य भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन पनि गरेका थिए।