राज्यका जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कठघरामा ल्याउनुपर्छ : शेखर कोइराला
zeenepal
२०८० बैशाख ३०,
3
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका छन् ।मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताउँदै उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन् ।
भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जोकोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’यो घटनाले देशको शासक र प्रशासकप्रति नागरिकको चरम अविश्वास बढेको बताउँदै उनले यसले लोकतन्त्र र संविधानलाई नै असुरक्षित पारेको टिप्पणी गरेका छन् ।अब भ्रष्टाचार विरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको सुरु गरेर नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने बेला भएको उनको भनाइ छ ।