
उनले दिगो विकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने पनि बताए । दिगो विकासको लक्ष्य भेटाउन मुस्किल छैन, मात्र इच्छाशक्ति चाहिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीनवटै तहबाट भइरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ ।’