
शपथ ग्रहणपछि शाक्यले राष्ट्रिय सभाको गरिमालाई उचाईमा पुर्याउन भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिइन् । ‘अब मेरो भूमिका, खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भूमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि सम्पूर्ण काम समर्पित गर्न चाहन्छु,' उनले भनिन्, 'राष्ट्रिय सभाको गरिमालाई उचाईमा पुर्याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु ।’