
फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी छ । केही समयको अन्तरालपछि अनमोलको नयाँ फिल्म आउन लागेको हो । नयाँ फिल्मका लागि अनमोल पनि उत्साहित छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् ।