
उक्त भेटमा चिनियाँ राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको जवाफ दिएका थिए । सोङले नेपालबाट चीनमा सुन्तला आयत गर्न तयार रहेको बताउँदै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई सहयोग चाहिएको हो स्पष्ट खाका पेश गर्न पनि आग्रह गरेका थिए । नेपालबाट उच्च गुणस्तरको पशु आहार लैजान चीन सरकार तयार रहेको र नेपाललाई उच्च नश्लका गाई, भैसी, कुखुरा दिन चीन तयार रहेको राजदूत सोङले प्रतिवद्धता जनाएका थिए ।