
महासचिव चन्दले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता जनाए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकपटक पुनः माओवादी बनेर काम गर्न उनले आग्रह गरे । जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे । महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताए ।