काठमाडौँ । नेकपा एमालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखमा कायमै राखेको पाइएको छ । तीन महिनाअघि पार्टीको साधारण सदस्य नरहने निष्कासनमा परेका प्रसाई अहिले पनि उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको जिम्मेवारीमै छन् ।
एमाले केन्द्रीय सदस्य मोती दुगड प्रमुख रहेको उक्त विभागको वेबसाइटमा उपप्रमुख भनेर फोटोसहित प्रसाईको नाम राखिएको छ । तर एमालेले गत फागुन १३ मै प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको कोशी प्रदेश कमिटीले कारबाहीका लागि सिफारिस गरेपछि फागुन ७ मै प्रसाईले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।