काठमाडौँ । राजीनामा दिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् ।बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा सो पार्टीका अध्यक्ष डा.सीके राउतले उनलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
२०७८ कात्तिकको अन्तिम साता एसएसपीमा बढुवा भएका पर्साका द्विवेदीले छ महिना अगाडि आफ्नो पदबाट राजीनामा दिएका थिए । १३ जना डीआइजी बढुवा हुँदा त्यसमा आफ्नो नाम नपरेको भन्दै उनले राजीनामा दिएका थिए ।
उनले आफू मधेसी भएको कारण विभेद गर्यो र डीआइजीमा बढुवा नगरेको गुनासो गरे । जनमत त्यस्तै विभेदविरुद्ध लड्ने पार्टी भएका कारण त्यसमा प्रवेश गरेको उनले बताए । अब आफू त्यस्तो विभेदको विरुद्ध लड्ने उनले बताए ।