
बुधवार महानगरपालिका प्रमुख रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्रणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गरेकी छन् । भरतपुर २२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदम पोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरिन् । भरतपुरमा ९ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा हालसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ ।