काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक ३ बजे बस्ने सूचना जारी भएको छ ।संघीय संसदका महासचिव भरतराज गौतमले बैठक ३ बजे बस्ने सूचना निकालेका हुन् । तर बैठक बस्नका लागि दलहरुबीच सहमति जुटेको छैन ।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।