काठमाडौं। चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले केही सेवा सुधार गरेको छ। अस्पतालले भीडभाडलाई कम गर्न अहिले क्यास काउन्टरको संख्या थप गरिएको छ। निमित्त उपकुलपति डा. भुपेन्द्र बस्नेतका अनुसार भुई तत्ला, दोस्रो र तेस्रो तल्लामा क्यास काउन्टरलाई विस्तार गरिएको हो।
‘अब चिकित्सकलाई देखाएपछि थप केही परीक्षण गनुपरेको अवस्थामा ओपीडी कक्षकै तल्लाबाट लाइन नबसी पैसा तिर्न सकिन्छ’ डा. बस्नेतले अनलाइखबरसँग भने, ‘जसले गर्दा बिरामीलाई सहज रूपमा सेवा पाएका छन्।
हाल अस्पतालमा दैनिक २ हजार १ सय भन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।यस्तै, ११ वटा एचडीयू बेड थप गरिएको छ। ‘केही आइसियूमा बसेका बिरामीलाई तत्काल वेडमा सार्न पनि नसकिने र आइसियूको पनि जरूरत नुहने बिरामी राख्नलाई ११ वटा एचडीयू बेड थप गरेका हौं’ बस्नेतले भने, ‘एचडीयू बेड थप गर्दा आसियूमा राख्नुपर्ने बिरामीले बेड पाउनुपर्ने अवस्था बढेको छ।’
वीरमा हाल ५५ आइसियू र १७ एचडीयू बेड सञ्चालनमा छन्। यस्तै, अस्पताल प्रशासनले पुरानो भवनमा रहेको न्यूरो सर्जिकल वार्डलाई नयाँ भवनमा केही हप्ता भित्रमै सार्ने योजना बनाएको छ।पुरानो भवनको न्युरो वार्डलाई वन सेन्टरको रूपमा विकसित गरिने छ । हाल १० बेडबाट सञ्चालन हुने अस्पताल प्रशासनले जनाएको छ डा. बस्नेतले आकस्मिक कक्षको बेडको पनि बिस्तार गरिएको बताए। ‘बेड नै नपाएर बिरामी फर्किनुपर्ने अवस्थालाई ध्यानमा राखेर १० वटा बेड थप गरेका छौं। अहिले आकस्मिक कक्षको रेड जोनमा जनशक्ति थप गरेर गम्भीर बिरामीलाई प्राथमिकताको साथ सेवा दिएका छौं’ डा. बस्नेतले भने।
ADVERTISEMENT