बाढी क्षेत्रमा प्रधानमन्त्री : हेलिकप्टरमा आए, जहाजमा फर्किए
zeenepal
२०८० असार ४,
42
Shares
विराटनगर । बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् ।नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए ।
तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन ।बाढीपहिरो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकप्टर विराटनगर विमानस्थलमा फर्काइयो ।काठमाडौंबाट सेनाको हेलिकप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौं फर्किएका छन् ।विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार प्रचण्ड श्री एयरलाइन्सको जहाजबाट सवा ३ बजे काठमाडौ फर्किएका हुन् । उनीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानमै काठमाडौं फर्किएका छन् ।प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आएको टोलीका अन्य सदस्य भने हेलिकप्टरमा नै काठमाडौं फर्किएका छन् ।