बीआरआई परियोजनाअन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : परराष्ट्रमन्त्री साउद
zeenepal
२०८० असार २५,
9
Shares
काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म चीन सरकारको बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजनाअन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले अहिलेसम्म कुनै पनि कार्यक्रम सञ्चालनमा नआएको बताएका हुन् ।चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो । तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको सरकारले बताएको छ ।
तर पछिल्लो समय चिनियाँ राजदुत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो ।समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै परराष्ट्रमन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ ।र एमसीसी एउटा ग्राण्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ ।
बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ ।यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन,’ उनले भने परराष्ट्रमन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताए ।