धम्बोझीमा स्व.राजा बिरेन्द्रको शालिक पुनःस्थापना गर्ने घोषणा
zeenepal
२०८० असार २९,
3
Shares
नेपालगञ्ज : नेपालगञ्जको मुटु धम्बोझीमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न अभियानको शुरु भएको छ ।मातृभूमि नवनिर्माण अभियान नेपालका संयोजक तेज बिक्रम शाहले स्व.राजा बिरेन्द्रको शालिक पुनस्र्थापन गर्न नेपालगञ्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । धम्बोझी चोकमा कुनै पनि परिस्थितिमा स्व. राजा बिरेन्द्रको शालिक स्थापन गरेरै छाड्ने संयोजक शाहले बताए ।
संयोजक शाहका अनुसार अभियानले नेपालगञ्जको बिरेन्द्र चोकस्थित स्व.राजा बिरेन्द्रको शालिक पुनःस्थापना गर्नका लागि पहिलो चरणमा राजनैतिक दलहरुको सहमति लिने, समन्वय र अन्तरक्रिया गर्ने र जिल्ला प्रशासन कार्यालय बाँके, अन्य सुरक्षा निकायहरुसंग पनि सम्पर्क र समन्वय गर्ने पत्रकार सम्मेलनमा संयोजक शाहले बताए ।बिरेन्द्र चोकमा स्व.राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनःस्थापना गरिने जानकारी गराउँदै उनले सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै अभियानको घोषणा गरे ।साथै शालिक पुनःस्थापनका लागि १५१ सदस्यीय स्व. राजा बिरेन्द्र शालिक पुनःस्थापना समिति नेपालगञ्ज, बाँके गठन गरेको समेत पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।
त्यस्तै अभियानले शालिक निर्माण उपसमितिको संयोजकमा गणेश थापा, स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा कपिल शाह, मिडिया परिचालन उपसमितिको संयोजकमा बिरेन्द्र गहतराज र आर्थिक ब्यबस्थापन उपसमितिको संयोजकमा सन्ध्या शाही रहेको जनाएको छ ।शालिक पुनःस्थापनाका लागि यसअघि राख्दा प्रहरी प्रशासनले पुनःस्थापना गर्न दिएको थिएन । पुनःस्थापना गर्नै लाग्दा प्रहरी र पुनःस्थापना गर्ने विच झडप समेत भएको थियो ।