काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ ।नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए ।
आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए ।संसदीय मूल्यमान्यता सिद्धान्तमा अडिग रहेर आएको हामी जस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।’
ADVERTISEMENT