
मन्त्री महतोले विभिन्न मन्त्रालयहरुबाट प्रश्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरु गरी कुल १० वटा विकास आयोजनाहरुलाई राष्ट्रिय वनको १४३.०९०८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको बताए । उनले प्रयोग गर्न दिएको जग्गामा रहेका विभिन्न प्रजातिका १६,०३० गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना सञ्चालनभा सहजीकरण गरिएको बताए । महतोले प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरुसँग उच्च स्तरिय समन्वय बैठक सम्पन्न गरेको बताए । उनले सरकारसँग वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुले स्वीकृत लिन आग्रह गरे ।
उनले भने,‘विभिन्न मन्त्रालयहरुबाट प्रस्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरु गरी कुल १० वटा विकास आयोजनाहरुलाई राष्ट्रिय वनको १४३.०९०८ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिका १६,०३० गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना संचालनभा सहजीकरण गरिएको छ । गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्क प्रतिवेदन ३७ वटा स्वीकृत गरेका छौं । १०० दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेका छौं ।
प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरुसँग उच्चस्तरिय समन्वय बैठक सम्पन्न गरेका छौं । जसले वन्यजन्तु बाघ हिंसावादी भयो भन्नुहुन्छ भन्ने मान्छेहरुले सरकारलाई आइडिया दिनुपर्छ । वन्यजन्तु संरक्षण गर्न हामी यो काम गर्छौं । यस्तो टेक्नोलोजी सरकारलाई ल्याइदिन्छौं । मन्त्री महतोले पछिल्लो एक सय दिनमा उत्साहजनक रुपमा काठ दाउरा उत्पादन भएको भन्दै काठ दाउरा,जडिबुटी बिक्रि तथा पर्यापर्यटनको क्षेत्रबाट २ अर्ब ७९ करोड ७१ हजार रुपैयाँ सरकारलाई राजश्व संकलन भएको बताए ।