जङ्गलमै कुहिने र विदेशी भित्र्याउने कहिलेसम्म : प्रभु साह
zeenepal
२०८१ जेष्ठ ३२,
3
Shares
काठमाडौं । आम जनता पार्टी आजपाका सांसद प्रभु साहले नेपाली काठ प्रयोगका सम्बन्धमा सरकारको नीति माग गरेका छन् ।शुक्रबार प्रतिनिधि सभामा बजेटको मन्त्रालयगत छलफलमा बोल्दै उनले भने, ‘नेपाली काठ जङ्गलमा कुहिने र विदेशी काठले बजार तताउने दुर्भाग्य कहिले अन्त्य हुन्छ ?’
जङ्गली जनावरबाट पीडित किसानलाई बजेट नपरेकोमा पनि उनले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।तराई मधेशमा खानेपानीको हाहाकार रहेको साहले बताए । उनले भने, ‘काठमाडौंमा पनि पानीको समस्या छ । तर सरकार यस्ता विषय बजेटमा समेट्दैन ।’