नेपालगञ्ज विमानस्थलमा २६ लाखसहित पक्राउ परेका कर अधिृतलाई अख्तियार पठाईयो
zeenepal
२०८० भाद्र २५,
3
Shares
नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसंधान गरी अख्तियारको जिम्मा लगाईएको छ ।प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटाका साथबाट सो रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।नेपालगञ्जबाट काठमाण्डौ जाने क्रममा रहेका कर अधिकृत सापकोटालाई विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको झोलामा स्रोत नखुलेको ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले बताए ।
उनलाई थप अनुसंन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीबाट १ हजार दरका २६ वटा बन्डल परिचय पत्र, हवाई टिकट, बोडिङ पास एटिएम कार्ड समेत बरामद गरेको छ ।नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्रीएयरको उडानमार्फत काठमाडौं जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन । प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।