प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसबारे कडा टिप्पणी गरे
zeenepal
२०८० आश्विन २९,
3
Shares
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसबारे कडा टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले सोमबार धनगढीले गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस पार्टी हो कि मञ्च भनेर टिप्पणी गरेका हुन् ।कांग्रेस पार्टी हो कि मञ्च हो थाहै छैन, एमालेमा पनि ठूलो चिरा परेको छ’ माओवादी अध्यक्ष समेत रहेका उनले भने, ‘यसले हामीलाई फाइदा हुन्छ । अब समाजवादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । त्यसको नेतृत्व समाजवादी मोर्चाले गर्छ ।उनले कांग्रेस नेता डा. शेखर कोइरालासँग गरेको सहमति पालना नभएकोमा असन्तुष्टि जनाए । ‘शेखर कोइरालासँग बसेर एउटा निकास निकाल्यौं, हिजो फेरि एमालेलाई घुसाउने काम भयो’, कोशीमा मन्त्रिपरिषद विस्तारबारे उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्छौं,यसैले गठबन्धन टुट्दैन ।’
उनले एकीकृत समाजवादीको अध्यक्ष रहेका माधवकुमार नेपालको तारिफ र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।माधव नेपालजी एमालेको महासचिवको हैसियतमा जनआन्दोलनको अगुवाइ गरिरहनुभएको थियो । हामीले दर्जनौं पटक छलफल गरेर संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो’ उनले भने, तर अहिले एमालेको नामबाट नेतृत्व गर्ने रियल एमाले होइनन् ।एमाले अध्यक्ष ओली गणतन्त्रवादी नभएको दाबी गर्दै प्रचण्डले अगाडि भने, यदि त्यो बेला अहिलेकै व्यक्ति एमालेको नेतृत्वमा हुने थिए भने परिवर्तन सम्भव हुने थिएन ।
अहिले पनि परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै उनले युवाहरुलाई सडकमा उतारेर परिवर्तन विरोधीलाई जवाफ दिन जरूरी रहेको बताए ।जातीय र धार्मिक रूपमा भइरहेका घटनाका पछाडि कुनै शक्ति लागेको छ’, प्रधानमन्त्री भएकाले अरु नेताले जस्तो बोल्न नसक्ने भन्दै प्रचण्डले भने, ‘हामी एकताबद्ध भएनौं, जनताको पक्षमा काम गर्न सकेनौं भने ठूलो त्याग गरेर ल्याएको परिवर्तन उल्टिन सक्छ ।’
आफ्नो नेतृत्वको सरकारले सुशासनका लागि काम गरेको दाबी गरे ।मिटर व्याज पीडितको समस्या समाधान गरिएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका छौं, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी जस्ता प्रकरणका दोषीलाई कारवाहीको दायरामा ल्याइएको छ’, उनले भने,अरू केही फाइल छिट्टै खुल्दैछन् ।’