
उनले हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्नेमा जोड दिए ।पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जालकी कार्यक्रम संयोजक रेष्मा श्रेष्ठले अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताइन् ।उनले दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुको आवाज पु¥याउन सबैले पहलकदमी लिनुपर्ने बताइन् । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।