
देउवाले संघीयता कार्यान्वयनमा जोड दिए ।हाम्रो देश संघीयतामा गइसकेको छ । यो संघीयतालाई हामीले राम्रोसँग चलायौँ भने हाम्रो देशको विकास हुन सक्छ,’ उनले भने, ‘आदिवासी–जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौं ।तर, देशको विकास जसरी अगाडि बढ्नुपर्ने त्यसरी हुन नसकेको देउवाले बताए ।
संघीयताले सबैको चाहना र भावना बमोजिमको विकास गर्न नसकेको देउवाले बताए । सभापति देउवाले अघि भने, ‘हामी आदिवासी जनजाति, महिला सबैले चाहेको जस्तो विकास गराउन प्रयास गरिरहेका छौँ । सबैको साझा अपनत्वसहितको देश निर्माण र विकास गर्न हामीले काम गर्ने बाँकी छ ।’उनले ओखलढुंगा नेपालको राजनीतिक इतिहासमा समेत ऐतिहासिक जिल्ला भएको उल्लेख गरे ।