अहिले सरकार फेरबदलबारे छलफल भएको छैन : महामन्त्री शर्मा
zeenepal
२०८० मंसिर १९,
6
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदल छलफलको विषय नबनेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा कुनै छलफल नभएको बताए ।सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको शर्माले बताए ।सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने उनले बताए ।
आसन्न मङ्सिर १६–१९ मा काठमाडौँमा हुन लागेको पार्टीको महासमिति बैठक नयाँ रणनीति बनाउने उनको भनाइ छ । पार्टीको १४ औँ महाधिवेशनबाट नेतृत्व चयन भए पनि नीतिमाथि मन्थन भएको भन्दै नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा शर्माले बताए उनले कांग्रेस कार्यकर्तालाई मिसन ८४ का लागि चिन्ता नलिई २०८१–८३ सालसम्म देशलाई सही मार्गमा लैजान चिन्ता गर्नुपर्ने बताए । ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ,’ उनले भने ।