
समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको र हरेक दिन बिहान दुई जना र बेलुकी दुई जना गरी सुनुवाइ गर्ने कार्यक्रम रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले कान्तिपुरलाई जानकारी दिए ।