
पौडेलका अनुसार ७ सिट लिने गरी गठबन्धन दलहरूबिच छलफल भए पनि ६ सिटमा सहमति भएको हो । कसले कुन प्रदेश लिने र कुन क्लसट लिने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।हामीले ७ सिटमा दाबी गरेको हो । माओवादीले जितेको साबिक ३ सिटसहित थप ३ सिट पाउने लगभग निश्चित भएको छ । कुन प्रदेशमा कुन क्लष्टर लिने भन्ने सम्बन्धमा छलफल जारी छ’, उनले भने ।पौडेलका अनुसार साबिक बाहेक माओवादी केन्द्रले थप बागमती, गण्डकी र कर्णाली पाउने सम्भावना रहेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पनि माओवादीले ६ सिट पाउने गरी दलहरूबिच सहमत भए पनि क्लष्टर मिलाउन बाँकी रहेको बताएका छन् । आइतबार बेलुकासम्म सबै प्रदेशबाट सिफारिस भएर आएमा उम्मेदवारको टुंगो लाग्ने उनले बताए ।