
गोल्यानले अब उद्योगी व्यवसायीहरू मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको भन्दै लाइन दिएको भए यो तालिका किन निकालिएको थियो ? भन्दै प्रश्न गरे । उनले भने, ‘कुलमान घिसिङले सेन्टिमेण्टल कुरा गर्नुभयो । उद्योग लगाउनु अपराध हो ? पाँच हजार परिवारलाई रोजगार दिनु अपराध हो ? उद्योगको लाइन काट्ने उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर २ लाख मानिसहरूको जीवनको कुरा छ । दुई लाखले जागिर गुमाउँदा लगानी सम्मेलन केको लागि हो ? सरकारले भएका उद्योगहरू सबै बन्द गराउने काम गरेको छ । यहाँ राज्य छ ? अब उद्योगी व्यवसायीहरू मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो
उनले डेडिकेटेड र ट्रंक लाइनको महसुलको विषयमा ४ अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको बताए । उनले भने, ‘यही मात्रै बाँकी छ अन्य केही कुरा बाँकी छैन । डेडिकेटेड र ट्रंक लाइनको महसुलको विषयमा समयमा समाधान भएन भनेर ४ अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम कहाँसम्म ठिक हो । रिलायन्स स्पिनिङ मिल्सको एक सुक्का पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु । प्राधिकरणले हावादारी रूपमा फर्जी बिल पठाएर हुँदैन । डीओडी बिलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरुलाई भारी बोकाउन मिल्दैन ।’