काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास हुने भएको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले १० मिनेटमा भन्सार जाँचपास हुने जानकारी दिएका हुन् । उनले पहिला आधा घण्टा लाग्ने जाँचपास अब १० मिनेटमा हुने बताए । उनले वृद्ध वृद्धाका लागि सोफाको व्यवस्था गरिएको पनि बताए ।