शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
zeenepal
२०८० माघ १०,
6
Shares
काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजदेखि उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरेरे सप्ताहको सुरु गरिन् ।तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।