भैरहवा । स्पिन अलरान्डर कुशल मल्लको घातक बलिङ र ओपनर इमरान शेखको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनीलाई ६५ रनले हराएको छ ।जितको लागि १७१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २६ ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो ।लुम्बिनीका पूर्व कप्तान कृष्ण कार्की ६२ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा नट आउट रहे । मोहम्मद हुसेन १५ र मिर्नङ गुरुङ १८ रन बनाए ।आर्मीका कुशल मल्लले ६ ओभरमा २ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर २ विकेट लिए । अभिनाश कर्ण र साहब आलमले १-१ विकेट लिए ।
विनोद भण्डारीले २५ बलमा ४ चौका र १ छक्कासहित ३४, भीम सार्की २४, सन्तोष कार्की ११, विवेक यादव ६, बसिर अहमद २, सन्दीप रजाली डक र कुशल मल्ल ५ रनमा आउट भए ।घरेलु टोली लुम्बिनीका मोहम्मद हुसेन र नर बहादुर सार्कीले २–२ विकेट लिए । कृष्ण कार्की र निर्मल गुरुङले १–१ विकेट लिएका थिए ।
पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । सुदूरपश्चिम प्रदेश ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।आर्मी ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लुम्बिनी ४ खेलमा १ मा जित र ३ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ ।शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । आर्मीले आइतबार टियुमा कर्णालीसँग खेल्नेछ । लुम्बिनीले भैरहवामा अन्तिम खेल एपीएफसँग खेल्नेछ । त्यसपछि मात्रै लुम्बिनी काठमाडौं आउनेछ ।
ADVERTISEMENT