काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर, कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र त्यस सूचनाप्रति डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।डीनको कार्यालयले सूचना जारी गर्दै कतै अनलाइन कक्षा सञ्चालन भएमा त्यस्ता विभाग, क्याम्पस, कलेज नै जिम्मेवार हुने र त्यसरी अध्ययन गरेका विद्यार्थीहरुको सत्रान्त परीक्षा सञ्चालन गर्न डीन कार्यालय बाध्य नहुने समेत उल्लेख गरेको छ ।कार्यालयले त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्याम (अनलाइन) को प्रविधिबाट गरिने कक्षा सञ्चालन एवं खुला तथा दूर शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०७७ अनुसारको प्रक्रिया पूरा भइनसकेको जनाएको छ ।
ADVERTISEMENT

