नेपालगन्ज : बाँकेको नरैनापुर-४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको थियो । मंगलबार दिउँसो करिव २:३० देखि सुरु भएको आगलागी बेलुकासन्म नियन्त्रणमा आईसकेकको नरैनापुर-४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए । आगलागीबाट घरभित्र राखिएको अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नरैनापुर गाउँपालिकाको दमकल बिग्रिएकाले नेपालगन्ज र कोहलपुरबाट दमकल पठाइएको हो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेपनि बालबालिकाले आगो खेलाएर भएको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष शर्माले बताए । आगलागि पीडितलाई बुधबार वडाकार्यालय र गाउँपालिकाले राहत सामाग्री वितरण गर्ने उनले जनाए ।