
धेरै नीति र कानुनले पनि सदुपयोग र समन्वयमा अप्ठ्याराको आउने उल्लेख गर्दै उनले पहिला व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको बताए ।जलश्रोत नीति चाहिने हो पहिले । जलश्रोत कानुनको व्यवस्था छ भने पहिला कानुन बनाउनुपर्ने हो । हामी त्यतातिर नभई खानेपानीको कानुन बनेको छन् । सिँचाइको कानुनको कुरा त्यतातिर मात्र ध्यान छ । हामी आफैले हाम्रो आफ्नो क्षमतालाई र उपलब्धिलाई मारिराखेका छौँ ।’उनले भने, ‘ कति वटा नीति कानुन बनाउने हो भन्नेमा पनि समयको सदुपयोगको दृष्टिकोणले र भोली समन्वयमा आउने अप्ठ्याराको दृष्टिले हेर्दा यो बढी विचारणीय कुरा छ । यसको लागि व्यवस्थित र प्रभावकारी जलश्रोत नीति चाहिएको छ । जलश्रोत कानुन एकदमै व्यवस्थित र प्रभावकारी चाहिएको छ । त्यसको मार्गदर्शनमा कति वटा चाहिने हो त्यसपछि मात्र बनाउनुपर्छ ।’