बढुवा भएका प्रमुख सुबेदार र सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान
zeenepal
२०८० माघ २३,
3
Shares
काठमाडौँ । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबिच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएकाहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । समारोहमा रथी, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।