काठमाडौँ । स्थानीय तहलाई संविधान प्रदत्त साझा अधिकारका विषयमा कानुन बनाउन द्विविधा र अन्योल रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले तयार पारेको ‘स्थानीय तहको कानुन प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन’ मा स्थानीय तहलाई साझा अधिकारका विषयमा कानुन बनाउन जटिल, द्विविधा र कठिनाइ भएको उल्लेख छ ।सङ्घीय निजामती ऐन नहुँदा स्थानीय सेवाको सञ्चालन र कर्मचारी व्यवस्थापनमा समस्या रहेको प्रतिवेदमा उल्लेख छ । साथै, घरबहाल कर, ठुला सङ्घसंस्था तथा कम्पनीको कर माथिल्लो तहमा दाखिला हुने हुँदा स्थानीय तहको राजस्व सङ्कलनमा सङ्कुचन भएको र यसलाई नियमन गर्नसमेत नसकिएको अध्ययनले देखाएको छ ।
ADVERTISEMENT

