
छत्रपाटी चिकित्सालयको जमिन तत्कालीन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।