कोहलपुरमा नगर प्रमुख र उप-प्रमुखमा कांग्रेसको अग्रता
zeenepal
२०७९ जेष्ठ १,
21
Shares
कोहलपुर : कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगर प्रमुख पदमा कांग्रेसका पूर्णप्रसाद आचार्यले १ हजार ३ सय २४ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का नरेन्द्र न्यौपानेले १ हजार ६२ र नेकपा एमालेका खिलप्रसाद भुसालले १ हजार ५० मत प्राप्त गरेका छन् । यसैगरी नगर उप-प्रमुखमा नेपाली कांग्रेसकी संगिता सुवेदीले १ हजार ३ सय ४३ मत प्राप्त गरी अग्रता लिएकी छन् ।
नेकपा एमालेकी अस्मिता चौधरीले १ हजार १ सय ९३, नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले ५ सय ७९ मत प्राप्त गरेकी छन् । कोहलपुरमा अहिलेसम्म ३ हजार ८ सय ३१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।