
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका प्रतिनिधि, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान विवरण, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, ट्राफिक व्यवस्थापन सुधार लगायतका विषयमा आ-आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।