
बिहीबार महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिक दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएको प्रहरीले जनाएको छ । राणाले घाइतेको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । सडक दुर्घटनाप्रति लुम्बिनी प्रदेश सरकार गम्भीर भएर सरोकारवालाको बैठक बोलाइएको राणाले बताए ।