
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देशहरू पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।
भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए ।यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए । जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए ।यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।