राजदूत भण्डारी र बंगलादेशी मन्त्री खानबीच भेटवार्ता
zeenepal
२०८० फाल्गुन २८,
15
Shares
काठमाडौँ — बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी सोमबार बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहमद फरुक खानसँग भेटवार्ता गरेका छन् ।ढाकामा भएको भेटवार्तामा दुई जना बीचमा दुई मुलुकबीच बढ्दो पर्यटकीय सम्बन्धका बारेमा छलफल भएको थियो ।साथै, नेपाल र बंगलादेश बीचको कनेक्टिभिटी र जनस्तरको सम्पर्कलाई बढाउने विषयमा मिलेर काम गर्ने विषयमा राजदूत भण्डारी र मन्त्री खानले कुराकानी गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।