काठमाडौं । सत्तारुढ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पाण्डेले अहिले आफ्नो अवस्था अस्पताल उद्घाटन गरेको स्वास्थ्यमन्त्रीको जस्तो भएको बताए । ‘सफल होस् भनौं भने पनि सबै मान्छे विरामी होउन् भनेको हो । उद्घाटनकै दिन सफल होस् भनौं भने के भनौं,’ उनले भने, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन नै मैले यसो भन्नुपर्छ भने भविश्यमा के सोच्ने हो ।’
ADVERTISEMENT

