
उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन । मैले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु । तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा थिएन र छैन । हाम्रो सम्बन्ध सधैँभर विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ ।’अध्यक्ष दाहालले अध्यक्षमा मनोनयन भएपछि आफूले दलीय आबद्धता र संलग्नता त्याग गरेको बताए ।