नेपाल एकल राष्ट्रिय राज्य हुँदै होइन ।शासकहरू कुर्सी जोगाउन गुलामीमा लिप्तः राजेन्द्र महतो
zeenepal
२०८० चैत्र ६,
12
Shares
नेपालगन्ज चैत । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन्। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा अब यसरी देश नचल्ने बताए उनले भने, ‘अहिले ७० वर्षदेखि जसरी शासन ग¥यो त्यसरी अब चल्न सक्दैन। त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ। यो राष्ट्रिय मुक्ति क्रान्तिमा गएर लक्ष्यको प्राप्ति गर्छ। एकल राज्य त हुँदै हुँदैन यो देश एकल छँदै छैन। सबै राष्ट्रियता मिलेर नै नेपाल बनेको हो। शासन एउटाको हुन्छ ? एकल राष्ट्रिय राज्यबाट देश चल्छ ?त्यही भएर त देश बिगारेको हो ।
उनले आफ्नो अभियानसँगै क्रान्ति अगाडि बढ्ने बताए । उनले भने, ‘हाम्रो संघर्षपछि क्रान्ति हुँदै स्वतः राजनीतिक शक्तिको माग गर्छ ।बहुलराष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्तिको अभियान थालेका राजेन्द्र महतोले कुर्सी जोगाउन शासकहरू बाहिरी मुलुकको गुलामीमा लिप्त हुँदा देशले दुःख पाएको टिप्पणी गरेका छन् ।झापादेखि कञ्चनपुरसम्सको कार्यक्रमा क्रममा एउट विषयमा नेता महतोले ‘जसलाई कुर्सी चाहिन्छ ऊ दिल्ली दौडिन्छ, बेइजिङ दौडिन्छ,’उनले भने, ‘हामीलाई कुर्सी चाहिएको छैन त्यही भएर जनताको माझमा पुगिरहेका छौं।हामीलाई के कुर्सी चाहियो, कुर्सी त नेतृत्वलाई चाहिएको छ । शासन र संविधान बनाउनेहरू नै देश बिगार्ने मुख्य जिम्मेवार पार्टी र नेता रहेको दावी नेता महतोको थियो ।तीन ठूला दल कांग्रेस, एमाले, माओवादीले नै देशलाई समृद्ध बनाउन नसकेको, विदेशीको गुलाम बनेको, एकल शासन चलाएको आरोप उनको छ ।
यो देश दुर्गतिमा गएको हो भने यसको जिम्मेवार शासन र संविधान बनाउने अनि चलाउनेहरूले लिनुपर्छ, ’उनले भने, ‘यो देश चलाउने र संविधान बनाउने काममा राजेन्द्र महतोले नेतृत्व गरेको पार्टीले कहिल्यै पाएन। उपप्रधानमन्त्री बन्दासम्म न संविधान बनाउने अवसर पायो। न शासन चलाउने अवसर पायो। नीति बनाउने ठाउँमा कहिल्यै पुगेनन् ।जसले गर्दा मुलुकले दुःख पायो ।यहाँका जनताले दुःख पाए । आफूहरू विगतमा सरकारमा गएर शासन नभएर संघर्ष नै गरेको दावी नेता महतोको छ। देशमा स्वदेशवाद लागू नहुँदासम्म समृद्धिको आकांक्षा पूरा हुन सनक्ने बताए ।